२२५५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ८ जेठ

प्रदेश १ मा २२२ आइसीयू र ९२ भेन्टिलेटरमा, प्रदेश २ मा १९१आइसीयू र ५६ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ९२२ आइसीयू र ३११ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १४३ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १७२ जना आइसीयू र १७ जना भेन्टिलेटरमा, कर्णालीमा ३७ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४५ जना आइसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ६७७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १९ आइसीयू र ८ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा ३४ आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १७ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४८ आइसीयू र २३ भेन्टिलेटरमा, पाटन अस्पतालमा २६ आइसीयू र १४ भेन्टिलेटरमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयू र १ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र १ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ९५ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १६ आइसीयू र ६ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १७ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ८२ आइसीयू र ३९ भेन्टिलेटरमा, स्टार अस्पतालमा १४ आइसीयू र ८ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मनमोहन अस्पतालमा १२ आइसीयू र ४ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आइसीयू र १ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ३६ आइसीयू र १४ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १२ आइसीयू र ८ भेन्टिलेटरमा, धुलिखेल अस्पतालमा ५२ आइसीयू र ६ भेन्टिलेटरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *