कोरोना संक्रमणलाई मध्यनजर गर्दै एसईई र कक्षा १२ को परीक्षा स्थगित

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २७ बैशाख

एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डको सोमबार बिहान बसेको बैठकले दुवै तहको परीक्षा स्थागित गर्ने निर्णय गरेको जानकारी दिइएको छ।

एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्‍चालन गर्ने  तयारी थियो। परीक्षा तालिका प्रकाशित भइसकेको थियो। तर, कोरोनाको दोस्रो लहर तीव्र बनेपछि परीक्षा स्थगित गरिएको हो।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडाैं उपत्यकालगायत देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

यसअघि पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *