पछिल्लो २४ घण्टामा ५२ कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ बैशाख

 पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार योसँगै नेपालमा ३ हजार ६८४ जना संक्रमितको निधन भएको छ।

यसैगरी आज देशभर ८ हजार ७७७ जना  पिसिआर विधिबाट र ७७ जना व्यक्ति एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित पुष्टि भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १८ हजार ७८७ जनाको पिसिआर ५०६ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *