परनिर्भर वन्दै राउटे

समाचार

भक्तपुर, ३० भदौ


कुनै बेला काठका भाँडाकुँडा बनाएर जिविकापार्जन चलाउँदै आएका राउटे समुदाय आजभोली परनिर्भर बनेका छन् । सहयोगको नाममा विभिन्न गैरसरकारीले संघ संस्थाको आफु खुशी सहयोगले गर्दा यो समुदाय परनिर्भर बनेको हो ।
कुकाठका भाडाकुडाको बनाउनका दिनभरि जंगल धाउने दोस्रो दिनमा बस्तीमा आएर बनाउने र तेस्रो दिनमा गाउँमा विक्री गरेर जिविका चलाउँदै आएका समुदायमा सामाजिक सेवा केन्द्र सोेसेक लगायत केही गैरसरकारी संस्थाले राउटे माग बमोजिम होइन ।सहयोगको नाममा बजेट सक्न आवश्यकता भन्दा बढी सहयोग दिन थालेपछि आजभोली राउटे समुदाय अल्छी बनेका छन् ।
पहिला जसरी उनीहरुले काठ खोज्दैनन् । भेटिएको कुकाठबाट भाँडाकुडा बनाउने त्यसलाई बस्तीमा गएर गैरसरकारी संस्थाले कम मुल्यमा खरिद गर्ने हुँदा उर्जाशिल राउटे शरिर अल्छीपना देखिन थालेको छ ।उसो त राउटेका भाँडाकुडामा समेत राउटेको आयआर्जन गर्न संस्थाले कम मुल्यमा खरिद गर्ने,बढी मुल्यमा विक्री गरेर विचौलियाको काम गर्दै आईरहेको ठाटिकाँध गाउँपालिकाका नामबहादुर शाहीले बताए । उनले भने,राउटे सँग १ सय ५० रुपैयाँ खरिद गरिएका कोशी राउटेमा काम गर्ने संघ संस्थाले ६सयमा विक्री गर्छन । राउटेलाई आईएनजिओको पैसाले चामल धर्म विरुद्ध त्रिपाल दिन्छन् । राउटे परिवर्तनको नाममा केही एनजिओलेहरु डलर कमाउनका लागि संस्कार नै बर्बाद गरिदिएका छन् । संस्कार माथि नै जाइलागेका छन् । स्थायीबसोबास,लेखपढ र खेतीपाती महाशत्रु ठान्ने यो समुदायलाई सामाजिक सेवा केन्द्र सोसेकले सहयोगको नाममा कुलधर्म नै विगारीरहेको उनको आरोप छ ।तर राउटे समुदायमा काम गरिरहेको सामाजिक सेवा केन्द्र सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले भने ‘राउटेको माग बमोजिम नै सहयोग गरेको बताउँछन् । हामीले उनीहरुको इच्छा विपरित केही काम गरेका छैनौं ।’ राउटे समुदायले कु–काठबाट आरी,खाट मधुस,कोशी,पिर्का र झुमा बनाई विक्री गरि जिविका चलाउदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *