२० जिल्लामा पाँच सय र १७ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २२ बैशाख

नेपालका २० जिल्लामा पाँच सयभन्दा बढी र  १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्। देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।

त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन्।

त्यसैगरी,  प्रदेश २ को बारा, महोत्तरी र रौतहट, बागमती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली र धादिङ, गण्डकी प्रदेशको गोरखा, तनहुँ र नवलपरासी (पूर्व) र  लुम्बिनी प्रदेशको नवलपरासी -पश्चिम), गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।

सुदुरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा,बैतडी र बैतडीमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *