पछिल्लो २४ घण्टामा ३०३ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र १५४ जना

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

 

न्यूज अपडेट
काठमाडौं, २८ चैत


पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ९ सय ६१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार १ सय २५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १२ हजार ९ सय १ पुगेको छ।
गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ४० पुगेको छ। हाल ८३ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ सय ४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ सय ५४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ सय २८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *