कोरोना खोपको दोस्रो डोज वैशाख ७ देखि ११ गतेसम्म दिइने, पहिलेकै खोप केन्द्रमा जानुपर्ने

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट
काठमाडौं, २७ चैत


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा (डोज) लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ।स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने निर्णय गरेको हो। सोही अनुसार स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ।कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने हुन्छ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ।
कसको पालो कहिलेरु
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरुले वैशाख ७ गते।

माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुले वैशाख ८ गते।

माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरुले वैशाख ९ गते।

माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुले वैशाख १० गते।

माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरुले वैशाख ११ गते।

Leave a Reply

Your email address will not be published. Required fields are marked *