मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगिता सम्पन्न

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २७ माघ

मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगिता सम्पन्न

नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेशको आयोजनामा सम्पन्न मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगितामा काठमाडौ मुद्रण उद्योग संघ बिजयी भएको छ ।
वैजयन्ती फुटसल, ड्रिमसिटी, भक्तपूरमा सम्पन्न उक्त प्रतियोगितामा नेपाल मुद्रण उद्योग महासंघ, नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेश र  काठमाडौ मुद्रण उद्योग संघ वीच प्रतिस्पर्धा भएको थियो ।
 दुबै टिमको ३/३ गोल भै खेल बराबर भएकोले पेनाल्टीबाट जित हात पार्दै काठमाडौ मुद्रण उद्योग संघले ट्रफी हात पार्न सफल भएको थियो । खेलको समापन पछि बिजयी टिम काठमाडौ मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठलाई नेपाल सरकार बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत र नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष  पुस्कल गौतमले ट्रफी प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *