भारतमा एकै दिन थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट
काठमाडौं, २८ चैत

भारतमा एकै दिन एक लाख ५२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ५२ हजार ६८२ जना नयाँ संक्रमित थपिएका हुन्।उक्त अवधिमा ८३८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ६९ हजार ३०५ पुगेको छ।भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ। त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३३ लाख ५५ हजार४६५ पुगेको छ।संक्रमितमध्ये एक करोड २० लाख ७८ हजार ३३३ जना निको भइसकेका छन् भने ११ लाख ७ हजार ८२७ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *