बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

अन्तर्राष्ट्रिय मनोरञ्जन विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू संक्रमित भएको जानकारी दिएका हुन्।

सबै प्रोटोकल पालना गर्दैगर्दा पनि कोभिड–१९ पोजेटिभ देखिएको उनले बताएका छन्।

अहिले होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको रेखदेखमा रहेको उनले जानकारी दिएका छन्।

पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न र सचेत रहन अक्षयले आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *