पोखरा महानगरले वडाका टोल,टोलमा सार्वजनिक शौंचालय बनाउने

समाचार स्वास्थ्य

कास्की, ९ जेठ


पोखरा महानगरपालिका वडाहले सार्वजनिक शौचालय बनाउने अभियान थालेका छन् । सार्वजनिक ठाउँमा शौंचालय नहुँदा नागरिकले शौंचको लागि समस्या भोग्न बाध्य भएपछि पोखरा महानगरपालिका वडानम्म्वर २१ ले सार्वजनिक शौंचालय निर्माण अभियानलाइ अगाडि बढाइएको हो ।
वडाध्यक्ष खगराज आचार्यले यस वर्षदेखि शौंचालय निर्माणको अभियान सुरु भएको र आगामी वर्ष वडाका सबै टोलमा शौंचालय निर्माणको काम गरिसक्ने बताए । ‘टोलबाट शौंचालय निर्माणको कामनै थालिसक्यौं’ उनले भने। वडाका ३७ टोलमा एक÷एक वटा सार्वजनिक शौंचालय निर्माण गर्ने छौं ।
टोल टोलमा सार्वजनिक शौंचालय बनाउने अभियानलाई अन्य वडामा पनि विस्तार गरिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । ‘कास्की नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा टोलटोलमा सफासुग्घर राख्न शौंचालय निर्माण गर्न महानगरले योजना बनाएको हो’ उनले भने।‘यस आर्थिक वर्षमा अन्य वडाका १० ठाउँमा सार्वजनिक शौंचालय निर्माण गर्छौ।’नागरिहरुको चाप बढी हुने १० स्थानमा यो वर्ष शौंचालय निर्माण गर्न लागिएको हो ।
पोखराको हल्लनचोक र डेभिजफल्समा अपांगता मैत्री शौंचालय निर्माणको काम अगाडी बढाइएको महानगरको सहरी पूर्वाधार महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शौंचालयको डिजाइन समेत तयार भएको छ । पोखरा ७ स्थित मालपोत क्षेत्र, वडा नम्बर १ को हरिचोक, वडा नम्बर २५ को मिलनचोक, पोखरा २६ को राखीडाँडा पिकनिकस्थल, पोखरा २८ रत्नशोभा मावि प्रांगणमा शौंचालय निर्माण गरिने योजना अगाडी बढेको छ । त्यसैगरी पोखरा १८ को भकुण्डे, पोखरा २१ दोबिल्ला पिकनिकस्थल, गौरीशंकर आधारभूत विद्यालयमा पनि सार्वजनिक शौंचालय निर्माण गरिने छ ।
निर्माण गरिने शौंचालय आधुनिक सुविधा युक्त हुने महानगरले जनाएको छ । शौंचालय निर्माणको लागि महानगरले १ करोड रकम विनियोजन गरेको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारले पोखराका ४ ठाउँमा स्मार्ट शौंचालय निर्माणको लागि ५० लाख सहयोग गरेको छ । स्मार्ट शौंचालय हल्लनचोक, डेभिजफल्स, मालपोत र हरिचोकमा निर्माण गरिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *