न्यूज अपडेट
एजेन्सी, १९ चैत

कोभिड–१९ महामारी सुरु भएयता क्युवाले संसारभरका दर्जनौँ देशमा हजारौँ स्वास्थ्यकर्मीहरू परिचालन गरिसकेको छ । त्यही कारण नोबेल शान्ति पुरस्कारको लागि क्युवाली स्वास्थ्य टोली पटक पटक मनोनयनमा परिसकेको छ । आज क्युवा कोभिड–१९ को खोप विकास गर्ने संसारकै सबभन्दा सानो देश बनेको छ । यो क्षेत्रमा क्युवाले हासिल गरेका उपलब्धिको ‘द वाशिङ्टन पोस्ट’ ले समेत गत मार्च २९ गते प्रशंसा गरेको छ ।
‘द वाशिङ्टन पोस्ट’ को समाचारअनुसार क्युवाले कोभिड–१९ को प्रतिरोधको लागि पाँच थरी खोपको विकास गरेको छ । तीमध्ये हाल दुई वटा खोप अन्तिम चरणको परीक्षणमा छन् । आगामी मे महिनासम्ममा त्यो खोप प्रयोगमा आउने सम्भावना छ । क्युवाली अधिकारीहरूले ती खोपहरू सस्तो र भण्डारण गर्न पनि सजिलो भएको बताएका छन् । क्युवाको स्वास्थ्य अन्तर्राष्ट्रियवादी परम्परा त छँदैछ । त्यसमाथि यो खोपले संसारका गरिब र अविकसित देश (द ग्लोबल साउथ) सम्म खोप सस्तोमा सहज पहँुच पुग्नेछ ।
क्युवाको खोपमा पश्चिमा देशहरूले विकास गरेको खोपमा जस्तो कडा खालको प्याटेन्ट अधिकार लगाइनेछैन । त्यसकारण संरा अमेरिका र युरोपेली खोप वितरकहरूले कृत्रिम रूपमा सिर्जना गरेको अभावलाई क्युवाली खोपले तोड्नेछ । क्युवाले धनी देशहरूलाई खोपको लागत पूर्ति गर्ने हेतुले बजार मूल्य बराबरको मूल्य लिनेछ । त्यसले अभावमा परेका देशहरूलाई सहजै खोप उपलब्ध गराउन टेवा पुग्नेछ ।
यसरी गरिब देशसम्म खोप पु¥याउनु क्युवाको लक्ष्य हो । क्युवामा १ करोड १० लाख मात्र जनता छन् । तर, क्युवाले १० करोड खोप उत्पादन गर्ने योजना बनाएको छ । आफूलाई चाहिएकोबाहेक अरू खोप क्युवाले अरू देशलाई उपलब्ध गराउनेछ । धेरै देशको निम्ति त्यो कोशेढुङ्गा हुनेछ । धनी देशहरूले खरिद गरेको अथवा किन्न पनि निकै महँगो भएकोले हुनाले अधिकांश ती देशहरूलाई खोप पाउन हम्मेहम्मे भइरहेको छ । भारत, पाकिस्तान, भियतनाम, इरान र भेनेजुयलालगायतका देशहरूले क्युवाको खोपप्रति चासो देखाइसकेका छन् ।
क्युवाको खोपमा पश्चिमा देशहरूले विकास गरेको खोपमा जस्तो कडा खालको प्याटेन्ट अधिकार लगाइनेछैन । त्यसकारण संरा अमेरिका र युरोपेली खोप वितरकहरूले कृत्रिम रूपमा सिर्जना गरेको अभावलाई क्युवाली खोपले तोड्नेछ । क्युवाले धनी देशहरूलाई खोपको लागत पूर्ति गर्ने हेतुले बजार मूल्य बराबरको मूल्य लिनेछ । त्यसले अभावमा परेका देशहरूलाई सहजै खोप उपलब्ध गराउन टेवा पुग्नेछ ।
तर, यो लक्ष्य हासिल गर्न एउटा ठुलो तगारो भने छ । त्यो तगारो हो–संरा अमेरिकी नाकाबन्दी । संरा अमेरिकी नाकाबन्दीबीच पनि क्युवाको जैविक प्रविधि प्रणालीले प्रगति गरिरहेको छ । यसले धेरै मानिस र देशलाई प्रभावित बनाएको छ । तर, क्युवा एक्लैसँग खोप उत्पादनको लागि आवश्यक सबै कच्चा पदार्थ भने उपलब्ध छैन । त्यही भएर क्युवाले खोप उत्पादनको लागि आवश्यक कच्चा सामग्रीको लागि क्यानाडा र अन्य केही युरोपेली देशहरूसँग सहायताको हात बढाउनुपरेको छ ।
फेब्रुअरी महिनाको अन्त्यतिर संरा अमेरिकाको लागि एन्टिग्वा र बार्बुदाका राजदूत तथा अमेरिकी राज्य सङ्गठन (ओएएस) सर रोनाल्ड सौन्दर्स संरा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई क्युवामाथि उनीभन्दा अघिका राष्ट्रपतिले थोपरेको नाकाबन्दी फिर्ता गर्न आग्रह गरे ।
उनले लेखेका थिए, “क्युवाविरुद्धको एउटा ज्यादै विस्मातपूर्ण कदम भनेको ट्रम्प सरकारले आफ्नो कार्यकालको अन्तिममा आतङ्कवादको प्रायोजक भनी घोषणा गर्नु थियो । यो कदमका आलोचकहरूले सही ढङ्गले यो काम अन्यायपूर्ण भएको र क्युवाली अर्थतन्त्रलाई धरापमा पार्नेबाहेक यसले केही लाभ नगर्ने बताएका छन् । सबभन्दा मुख्य कुरा त यसले क्युवा र अन्य देशबीचको सम्बन्धलाई असर पारेको छ । क्यारिबियाली देशहरूको समुदाय र साझा बजार (कारिकम) लगायत क्युवाका सबभन्दा नजिक देशका सरकारहरूले पनि सो कदम फिर्ता गर्न माग गरेका छन् ।”
सौन्दर्सको भनाइ ठीक छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले थोपरेको नाकाबन्दीको कुनै आधार छैन । यसले मुख्यतः क्युवालाई मात्र हानी पु¥याउने होइन, बरु संसारलाई क्षति पु¥याइरहेको छ । नाकाबन्दीले विशेषतः खोप उत्पादनमा क्युवालाई सहायता गरिरहेका देशहरूसँग क्युवाले गरेका सम्झौतालाई समेत असर पार्न सक्छ । परिणामतः कोभिड–१९ को खोपको अत्यन्त खाँचो परेका गरिब र अविकसित देशलाई प्रभावित बनाउने छ ।
त्यस्तै क्युवाविरुद्ध पुस्तौँ पुस्तादेखि संरा अमेरिकाका दुवै शासक दलका सरकारले थोपर्दै आएको नाकाबन्दीको कुनै तुक नभएको कुरा संरा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले समेत भनिसकेका छन् । अहिलेको राष्ट्रपति बाइडेन ओबामा सरकारका उपराष्ट्रपति थिए । वास्तविकता के हो भने क्युवाले समयले लिएका सबै परीक्षण पार गरिसकेको छ । क्युवामाथिको नाकाबन्दीको निरन्तरता भनेको वाशिङ्टनले वास्तविकता स्वीकार्न नसक्नुको प्रमाण मात्र हो ।
सौन्दर्सले भनेजस्तै बाइडेनको मनोभावना क्युवासँग सहज रूपमा सम्बन्ध सुधार गर्नु हुनुपर्छ किनभने ओबामा सरकारको पालामा यो क्षेत्रमा यो क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । तर, बाइडेन भने आफ्ना अग्रज डोनाल्ड ट्रम्पभन्दा फरक ढङ्गले अघि बढ्ने चालामाला देखाइरहेका छैनन् । क्युवासहित विदेश नीतिमा बाइडेनले ट्रम्पको दिशा छोड्ने छाँटकाट देखाएका छैनन् ।
जे जस्तो परिस्थितिमा पनि क्युवाले पुस्तौँ पुस्तादेखि अन्तर्राष्ट्रिय मानवीय सहायताको क्षेत्रमा अग्रमोर्चामा बसेर योगदान गर्दै आएको छ । उसले यो परम्परालाई खोप अन्तर्राष्ट्रियवादलाई पनि निरन्तरता दिएको छ । अब वाशिङ्टनले वास्तविकता स्वीकार्ने समय आएको छ । क्युवाको सार्वभौमिकता र स्वाधीनता स्वीकार्ने समय आएको छ । क्युवासँगको सम्बन्ध सामान्य बनाउनुपर्छ । संरा अमेरिकी नाकाबन्दीले न ‘प्रजातन्त्र’ न ‘मानवअधिकार’ लाई नै बलियो बनायो । बरु जबरजस्ती जहाँ दुःख नदिइनुपर्ने हो, त्यहाँ दुःख भइरहेको छ ।
अब क्युवा र संरा अमेरिकाबीच सम्बन्ध पुनःस्थापना गर्ने समय आएको छ ।