ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु, ७२ घाइते

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट

एजेन्सी, २० चैतsharethis sharing button

ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु, ७२ घाइते
तस्बिर : सिएनए

ताइवानमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तीमा ३६ जना मारिएको बताइएको छ । चार दशककै सबभन्दा ठूलो मानिएको रेल दुर्घटनामा ७२ जनाभन्दा बढी घाइते भएको त्यहाँको सेन्ट्रल न्युज एजेन्सी(सीएनए)ले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ट्रकलाई ठक्कर दिएपछि उक्त रेल सुरुङभित्र लिकबाहिर गएर दुर्घटनामा परेको थियो । ताइेपेईबाट ताइतुङ गइरहेको उक्त रेलमा करिब ३ सय ५० यात्रु रहेको अधिकारीहरुले जनाएका छन् ।

८ वटा डिब्बा रहेको उक्त रेलका केही डिब्बा सुरुङभित्रै रहेका छन् । अझै पनि केही यात्रु भित्रै फसिरहेको र उनीहरुको उद्धार भइरहेको बताइएको छ । सामान्य घाइते भएका ६१ यात्रुलाई भने अस्पताल लगिएको सीएनएले जनाएको छ ।

यसअघि ताइवानमा सन् २०१८ र १९८१ मा भएको रेल दुर्घटनामा क्रमश: १८ र ३० जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *