बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १५ पुस

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ। गत २४ घण्टामा ५ सय ११ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, मोरङमा ८ र सुनसरीमा ७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १ र पर्सामा १ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय २५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १६, दोलखामा ९, धादिङमा ४, नुवाकोटमा १, भक्तपुरमा ३८, रामेछापमा ४, ललितपुरमा ४९, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५०, गोरखामा १, तनहुँमा ६, नवलपरासीमा पूर्वमा २, म्याग्दीमा १, बागुलङमा ३ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ७, दाङमा ७, नवलपरासीमा ३, पाल्पामा १०, बर्दियामा ४, बाँकेमा ५, रुकुम पूर्वमा १ र रुपन्देहीमा १९ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा २, डोटीमा १ र बझाङमा १ जनामा कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *