पोखरामा ३० हजारको संख्यामा भेडाच्याङग्रा भित्रिदै

समाचार

कास्की
नेपालीहरुको महान् चाड बडा दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङग्रा भित्रने क्रम शुरु भएको छ । हिमाली जिल्ला मुस्ताङ सहित हुम्ला, मुगु, डोल्पा,बझाङ लगायतका स्थनबाट बडादशैंका लागि ल्याइएका भेडा च्याङ्ग्रा पोखराका विभिन्न स्थानबाट बिक्रि भइरहेको छ ।
दशैंको आगमन नजिकिएसंगै यतिबेला भेडा च्याङ्ग्रा किन्नेको भीड लागिसकेको छ ।ब्यवसायीहरुले बडादशैको लागि करिव ३० हजार च्याङग्रा पोखरा भित्रिएको बताएका छन् । पोखरामा अष्टमी र नवमीको दिनमा मात्र ठूलो संख्यामा च्याङग्रा भित्राउने गर्दछन । फुलपातिको दिनमा बिशेषगरी च्याङग्राको बिक्रि ह्वात्व बढ्ने गर्दछ । फुलपातिको दिन घरमा खसि,च्याङग्रा काट्ने गरिन्छ । मुस्ताङबाट तीन,चार साता सम्म पैदल हिडाएर ब्यपारीले समुहमा कम्तिमा १ सय देखि ५ सय सम्मको संख्यामा च्याङग्रा पोखरा सम्म ल्याउने गर्दछन् । 
पोखरा भित्रिएका भेडा च्याङग्रा मध्ये ७५ प्रतिसत पोखरामै खपत हुने च्याङग्रा ब्यवसायीको भनाईछ ।करिव २० प्रतिशत च्याङग्रा बुटवल, नारायणगढ लगायतका ठाउँहरुमा लगिने गरेको छ। दशैका बेला पोखरामा करिब १ अर्ब ५० करोड बराबरको मासुको कारोबार हुने गरेको छ । जसमा ६० करोड भन्दा बढी च्याङग्राको कारोवार हुने गरेको पोखराका मासु व्यवसायीहरुको तथ्याङकमा उल्लेख छ ।
ब्यापारीहरुले गत बर्षभन्दा यस बर्ष भेडा च्याङ्ग्राको मुल्य केही महङ्गो भएको बताएका छन् । मुस्ताङ बाट दशैका लागि भेडा च्याङग्रा ल्याएका ब्यवसायी खिमलाल अधिकारीले यस बर्ष १८ हजार देििख ३५ हजार रुपैयाँ सम्म मुल्य पर्ने बताए ।
च्याङ्ग्राको मूल्य कर र विचौलियाको कारणले प्रत्येक बर्ष च्याङग्रा महंगो हुने गरेको उनले बताए । ‘भेडा च्याङग्रा पोखरा सम्म ल्याउँदा निकै सास्ती खेप्नु प¥यो’ उनले भने ।‘ठाउँठाउँमा सरकारलाइ कर, गुण्डा र बचौलियालाई भाग पुरायाउदा च्याङग्राको भाउँनै आकासियो।’ अधिकारीले मुस्ताङको छोसेबाट १ सय २० भेडा च्याङ्ग्रा बिक्रीको लागी पोखरा ल्याएको बताए । ‘मुस्ताङमै पुगेर खरिद गर्दा नै प्रतिगाोटा २७ हजार परेको उनले बताए। ‘ठाँउ ठाँउमा कार तिरियो । करिव दुईहप्ता भोकभोकै र अनिद्रा बसेर ठूलो लगानीमा च्याङग्रा झारियो’ उनले भने। ‘आफ्नो लगानी, करसहितको लागत सबै जोड्दा ३२ देखी ३५ हजारमा च्याङग्रा बेच्नु पर्छ।’
खसी बोकाको तुलनामा हिमाली भेगको भेडा च्याङग्रा स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ। हिमाली भेगमा पाईने बहुमुल्य जडीबुटी खाएर हुर्किएका च्याङग्राको मासु खानाले स्वाथ्यलाई पनि राम्रो हुने पोखराका समिर थापा बताउँछन् । ‘पोखरामा अरु बेला च्याङग्राको मासु पाइदैन दशैको बेला त जति परेपनि खानै प¥यो’ उनले भने । दशैँको लागि च्याङ्रग्रा खरिद गर्न गर्न पोखराको याम्दीमा आएका थापाले बताए। ‘ब्यापारीले च्याङग्राको मुल्य रोजेर ३५ हजार भनेका छन’् उनले भने । ज्यूदो च्याग्राको तौल २२÷२३ किलो जति होला । मासुको मुल्य प्रतिकिलो १५ सय रुपैँया भन्दा बढी पर्छ।’
मुलुकमा तीन किसिमका सरकार बनेदेखि ठाउँ र पाइलै पिच्छे कर उठाउन थालेपछि दैनिक उपभोग्य सामानदेखि प्रत्येक बस्तुहरुमा मुल्य बृद्धी भएको ब्यवसायीहरु बताउँछन् । प्रदेश सरकार, स्थानिय सरकार बाहेक प्रहरी र टोले गुण्डालाइ समेत पैसा तिर्दा च्याङग्राको मुख्य बहंगो भएको अर्का व्यापारी कृष्ण रानाभाटले बताए ।‘चेकिङपोष्ट देखि ठाउँठाउँमा कर तिर्नु प¥या’े उनले भने । ‘ठाउँ ठाउँका गुण्डाहरुले समेत धाक धम्की दिएर पौसा मागे।’ आवारा केटाहरुलाई मात्र ४ ठाँउमा पैसा दिईयो उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *