भनपा वडा नं. ९ मा आत्मरक्षा तालिमको समापन

खेलकूद विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, ७ फागुन


भक्तपुर नगरपालिकाको आयोजनामा भनपा वडा नं. ९ मा भएको आत्मरक्षा तालिमको समापन कार्यक्रम नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा हिजो सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले आफूमा भएको कुनै पनि सीप अनावश्यक प्रयोग भए खतरा हुने र सही सदुपयोग भए निकै फलदायी हुने बताए ।
जीवनमा आइपर्ने कुनै पनि समस्या सामना गर्न मानसिक रुपमा तयार हुनुपर्ने औंल्याउदै प्रमुख प्रजापतिले तालिमबाट सिकेको सीप र ज्ञानलाई सही ढंगले उपयोग हुनेमा विश्वास व्यक्त गरे ।


कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विद्यार्थीको अमूल्य समयलाई सही सीप सिकाउने अवसरको रुपमा यो तालिम सञ्चालन गरेको बताउदै कुनै पनि समयमा आउनसक्ने आपतविपतमा आफूमा भएको सीपले आफ्नो सुरक्षा गर्न मद्दत पु¥याउने बताए ।
आत्मरक्षा तालिमका प्रशिक्षकद्वय रबिना सुवाल र मुना बासुकलाले नगरपालिकाले सञ्चालन गरेको आत्मरक्षाको तालिम महिला हिंसाविरुद्धको अभियान भएको औंल्याउँदै जीवनलाई सफलताका साथ अगाडि बढाउन शिक्षा र खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा तालिमका प्रशिक्षकहरु गीता खनाल र सदिक्षा न्हेमाफुकीले तालिममा सहभागी हुन पाउँदा अभार प्रकट गर्दै ३ दिने आत्मरक्षाको तालिम निकै उपयोगी हुने र तालिमले प्रतिरक्षा गर्ने आत्मविश्वास जगाएको बताए । लकार्यक्रममा कार्यपालिका सदस्य छोरीमैया सुजखु र मिरा बासुकलाले पनि बोलेको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले आफूले सिकेको आत्मरक्षा तालिमको केही सीप प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *