स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने

विशेष समाचार समाचार स्वास्थ्य

बीमा कार्यक्रमलाई व्यवस्थित बनाउन यस्तो निर्णयः अध्यक्ष लोहनी

स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । बीमामा आवद्द सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न गए २० प्रतिशत सह भुक्तानी (कोपेमेन्ट) तिर्नुपर्ने भएको हो।

गत २४ फागुनमा बसेको बोर्ड बैठकले सरकारीमा १० प्रतिशत र निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउनेले २० प्रतिशत सह-भुक्तानी गर्ने निर्णय गरेको हो।

यसअघि गत २७ मंसिरमा बसेको बैठकले स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरुमा उपचार गराउँदा १० प्रतिशत सह भुक्तानी (को-पेमेन्ट)गर्नु निर्णय गरेको थियो। त्यसको कार्यान्वयन १ माघ देखि भएको थियो।

बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्न निजी तथा सामुदायिक अस्पतालहरुमा २० प्रतिशतको पेमेन्टको व्यवस्था गर्ने निर्णय भएको बताए।

यस्ता छन् अरु निर्णयः

Leave a Reply

Your email address will not be published. Required fields are marked *