ग्रामीण विकास लघुवित्तद्वारा रामपुरमा वित्तीय साक्षरता गोष्ठीे सञ्चालन

समाचार

पाल्पा,१२ जेठ


ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय रामपुर पाल्पाको आयोजनामा केन्द्र प्रमुख तथा सदस्यहरूका लागी एक दिने वित्तीय साक्षरता तथा छलफल गोष्ठी सम्पन्न भएको छ ।
पाल्पाको रामपुरमा सम्पन्न भएको उक्त गोष्ठीेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले लघुवित्त, लघुकर्जा र लघुबचतको वारेमा उल्लेख गर्दै नेपालमा लघुवित्त संस्थाहरूको कार्यक्रम, वित्तीय साक्षरताको आवश्यकता तथा महत्व, कर्जा सदुपयोगिता, सदस्यहरूको परियोजना छनौट, वित्तीय अनुशासन र संस्थाले प्रदान गर्ने सेवा सुविधाका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

गोष्ठिमा केन्द्र प्रमुख तथा सदस्यहरूले उठाएका विभिन्न जिज्ञासाहरूको जवाफ दिने क्रममा प्रमुख कार्यकारी अधिकृत श्री कार्कीले, संस्थाले ग्राहक सदस्यहरूको हित संरक्षणका लागि विभिन्न सीपमूलक तालिम, अवलोकन भ्रमण, गोष्ठी लगायतका कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दै आइरहेको बताउनु भयो । उहा“ले भविष्यमा हुन सक्ने मानवीय तथा भौतिक क्षतिको जोखिमलाई न्यूनिकरण गर्न संस्थाले सञ्चालनमा ल्याएको म्यादी जीवन बीमाका बारेमा प्रकाश पार्दै सो कार्यक्रममा अनिवार्य रूपमा आवद्ध हुन सहभागिहरूलाई उत्प्रेरित गर्नु भएको थियो ।

कार्यक्रममा क्षेत्रिय प्रबन्धक श्री किरण काफ्लेले संस्थाले सञ्चालन गरेको ग्राहक संरक्षण कोषबाट प्रदान गरिने राहात तथा सुविधा कार्यक्रम, कर्जा सदुपयोगिता, कर्जाका प्रकार र विभिन्न प्रकारका बचत तथा त्यसको फाइदाका वारेमा गोष्ठिमा सहभागि सदस्यहरूलाई जानकारी गराउनु भएको थियो ।
केन्द्र प्रमुख श्रीमती इश्वरी कुमारी काफ्लेको सभापतित्वमा संचालन भएको उक्त गोष्ठीमा इलाका कार्यालय पाल्पाका प्रबन्धक श्री वलराम ज्ञवालीले सम्पूर्ण उपस्थितिलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य तथा महत्वका बारेमा प्रकाश पार्नु भएको थियो भने शाखा प्रबन्धक श्री नरहरी ढुंगानाले कार्यक्रम संचालन गर्नु भएको थियो । गोष्ठीमा शाखा कार्यालय रामपुर पाल्पाद्वारा सञ्चालित विभिन्न केन्द्रमा आवद्ध २८ जना केन्द्र प्रमुख तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *