सुस्त गतिमा नयाँ शहर आयोजना

समाचार

भक्तपुर,६ जेठ


देशको दश नयाँ शहरको सूचीमा परेको रुकुमको चौरजहारी नयाँ शहर आयोजनाको काम सुस्त गतिमा रहेको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत १० नमूना शहरको सूचीमा परेको रुकुम पश्चिमको चौरजहारीमा विकास निर्माणले गति लिन नसकेको स्थानीयले गुनासो गरेका छन् ।
नयाँ शहर आयोजना अन्र्तगत व्यवस्थित वसपार्क, गुणस्तरिय सडक, विद्युत, चौरजहारी भ्याली भित्र रिङरोड निर्माण, टावन प्लानिङ जस्ता आधारभूत काम समेत अगाडि वढन नसकेको स्थानीयवासी तिलक भण्डारीले जानकारी दिएका छन् । उनले भने,‘नयाँ शहर आयोजनाको काम कछुवा गतिमा रहेको छ ।’
नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ सालमा चौरजहारीलाई देशको नमूना शहर निर्माणको लागि सरकाले घोषणा गरेको थियो । नयाँ नमूना शहर घोषणा भएको झण्डै ७ वर्ष वित्दा सम्म विकासले गति लिन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
नयाँ शहर अन्तर्गत केही नयाँ सडक निर्माणको काम भएपनि र व्यवस्थित बसपार्क, बजार आसपासका सडक निर्माण तथा कालोपत्रे हुन सकेको छैनन् ।
विशेषगरी विकासमा स्थानीयको साथ नहुँदा केही समस्या भएको चौरजहारी नयाँ शहर आयोजनाका प्रमुख जगदिश लामिछानेले बताएका छन् । उनका अनुसार – ‘हरेक विकास गर्दा पनि जग्गा आवश्यक पर्ने र जग्गाधनीले सहज रुपमा जग्गा उपलव्ध नगराउँदा केही काममा ढिलाई भएको जनाए । तर अन्य नयाँ शहर आयोजना भन्दा चौरजहारी नयाँ शहरले विकासमा गति लिएको प्रमुख लामिछानेले जानकारी गराएका छन् ।
नयाँ शहर आयोजना क्षेत्राधिकार भित्रका काम अगाडी वढाएका छौं, केही काम निर्माण भईरहेका छन, केही डिपिआर तयार भैरहेको चौरजहारी नयाँ शहर आयोजनाले जानकारी दिएको छ ।
कार्यायलका अनुसार– चौरजहारी रिंङरोड निर्माणधिन अवस्थामा रहेको छ । यसका साथचौरजहारीबो चिप्लेटीदेखी गुर्तालगाउँ, न्याउली बजार सम्मको सडकको डिपिआर तयार हुँदैछ । चौरजहारी नयाँ शहर आयोजना अन्र्तगत १३ किलोमिटर निर्माण सकिएको र कालोपत्रेको काम समेत सुरु हुन थालेको बताएको छ । १ सय ६५ सौर्यबत्ति जडान मुख्य सडकका साथै बजारक्षेत्रमा गरिएको जनाएको छ ।

केही विद्युत निर्माण गर्ने हाम्रो कुनै योजना छैन् प्रमुख लामिछानेले भने ।’ तर सडक वत्तिको लागि बहुवर्षे योजना अन्र्तगत १ सय ६५ वटा सडक वत्ति जडान गरिएको छ ।
आर्थिक वर्ष २०७१/७२ मा नयाँ शहर आयोजनाको कार्यालय स्थापना भएको थियो । रुकुम, सल्यान र जाजरकोट जिल्लाको केन्द्रविन्दुमा रहेको चौरजहारीको अपेक्षाकृत विकास हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *