भक्तपुर बचतद्वारा शिक्षा शिविर

शिक्षा समाचार

भक्तपुर, २१ मंसिर


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा शनिवार शिक्षा शिविर गरेको छ । कार्यक्रममा उपसमितिका संयोजक लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाले समुदायमा आधारित भएर सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक हितको लागि संस्थाले काम गरिरहेको बताए ।
कार्यक्रममा २०७६ कात्तिकसम्म सदस्यता लिएका करीब ३० जना शेयर सदस्यलाई सहकारीबारे जानकारी प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *