५८८३ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ पुस

देशभर हाल ५ हजार ८ सय ८३ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ९ हजार ५ सय ८० कुल सक्रिय संक्रमितमध्ये ५ हजार ८ सय ८३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ६ सय ९७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ३ हजार १ सय १९ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा ३ सय २६, प्रदेश २ मा ३५, गण्डकी प्रदेशमा ८ सय ९४, लुम्बिनी प्रदेशमा ७ सय ७९, कर्णालीमा ९६ र सुदूरपश्चिममा ६ सय ३४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार होम आइसोलेसनमा रहने संक्रमितको संख्या ६ हजार ९४ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *