६२३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ मंसिर

 होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या घट्दै गएको छ। सक्रिय संक्रमितको संख्या घट्दै गएपछि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या पनि घट्दै गएको हो।

१० हजार ९ सय ९४ कुल सक्रिय संक्रमितमध्ये ६ हजार २ सय ३२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ७ सय ६२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

यसअघि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या शनिबार ६ हजार ९ सय ३२ र शुक्रबार ७ हजार ३ सय ४१ जना थियो।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ३ हजार ५ सय ८० जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा ७ सय १४, प्रदेश २ मा १ सय ६, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ९ सय ६०, कर्णालीमा १ सय २९ र सुदूरपश्चिममा ७ सय ३० जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *