चैत ६ देखि भक्तपुरका विद्यालय बन्द हुने

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, ६ बैशाख

कोरोना भाइरसको संक्रमण विश्वभर फैलँदै गएपछि भक्तपुर नगर क्षेत्रमा सञ्चालित स्कुल चैत ६ गतेदेखि बन्द हुने भएको छ ।
नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले चैत ५ गतेभित्र परीक्षा सम्पन्न भएका भक्तपुर नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

भक्तपुर नपाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्म नगर क्षेत्रका निजी तथा सामुदायिक स्कुल बन्द गर्र्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर भक्तपुर क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालय चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको नगर शिक्षा अधिकृत हरिप्रसाद निरौलाले जानकारी दिए ।

उनका अनुसार बैठकले बालबालिकालाई घरमै सुरक्षित रुपमा बस्न तथा अभिभावकहरुलाई रोग संक्रमणको जोखिमबाट सचेत रहन स्कुल बन्द गर्ने निर्णय गरिएको हो । बिदा अवधिभर स्कुलका शिक्षक तथा कर्मचारीहरुले विभिन्न माध्यमको प्रयोगबाट विद्यार्थी तथा अभिभावकहरुलाई कोरोना भाइरस संक्रमणबारे सचेतना अभियान सञ्चालन गर्न बैठकले निर्देशन दिएको उनले बताए । ‘यस अवधिमा दिइएको बिदा शैक्षिक सत्र २०७७ को गर्मी बिदामा समायोजन गर्ने बैठकले निर्णय गरेको छ’, अधिकृत निरौलाले भने, ‘स्कुल बन्द गर्नुअघि कोरोना भाइरसको संक्रमणबारे सचेतनामूलक कार्यक्रम गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *