३ सय ४६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ मंसिर

देशभर हाल ३ सय ४६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ९४ जना आइसियु र ५२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३९ आइसियु र १० भेन्टिलेटरमा, प्रदेश २ मा ७ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छन्।

बागमती प्रदेशमा १ सय ७ आइसियु र २४ भेन्टिलेटरमा, गण्डकीमा ८३ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४६ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ५ जना आइसियु र ३ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शनिबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ३ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *