आज १७५२ जना कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ मंसिर

1249961285

पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा २ लाख २५ हजार ८ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ८४ हजार ५ सय १९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५ सय ३६ जना क्वारेन्टाइनमा छन्। नेपालमा १३ हजार ५ सय ८२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *