रोसना लैबा
भक्तपुर ८ जेठ

नगरपालिकामा महिलाका विकासका लागि महिला लक्षित रकम छुत्याएको हुन्छ । चाँगुनारायण नगरपालिका उपमेयर बिना बास्तोलाका प्रमुख अतिथ्यमा महिला लाक्षित ड्राइभिङ तालिमका उद्घाटन भएको थियो ।
महिला लक्षित रकमको सदुपयोग गर्न सकिएमा महिलाका क्षमता बृद्धि हुने र साथसाथै आत्मनिर्भर हुनसक्छन् । महिला लक्षित रकम प्रयोग गरी चाँगुनारायण नगरपालिकाले छोटो अवधिका तालिम चलाएको छ । मंगलवार बिहान १०:३० देखि कार्यक्रम शुरु भई १२:३०मा सकिएको थियो । उक्त तालिम एक महिनासम्म सञ्चालन हुने संयोजक क्रिस्ना कार्कीले बताए । चाँगुनारायण नगरपालिका द्धारा सञ्चालित महिला लक्षित ड्राइभिङ तालिममा जम्मा ४५ जना महिलालाई तालिम दिने बताइएकाे छ । यो तालिम बिहान ६:३०बजे देखि बेलुका ६:३०बजे सम्म गणेश ड्राइभिङ सेन्टरमा हुने छ । यस कार्यक्रममा सहभागी भएका देबी, जमुना, सुशीला लगायतका सहभागीले यस्ता सीपमुलक कार्यक्रम सञ्चालन भएकाले धेरै खुशी भएकाे बताए । उपमेयर बिना बास्तोलाले चाँगुनारायण नगरपालिकाका महिलाहरुको विकासका लागि कुनै कसर नछाड्ने कुरो बताए । चाँगुनारायण नगरपालिकाद्धारा पार्लर, हस्तकला लगायत ९ विधामा तालिम दिने उपमेयरले बताए ।