२४ घण्टामा २ हजार ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ मंसिर

पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा  २ लाख १६ हजार ५ सय ९४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९२ दशमलब ३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्।

मन्त्रालयका अनुसार ८ हजार ५ सय ८५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख ४६ हजार ३ सय ३०  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ सय १६ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १६ हजार ६ सय ३३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *