३८९ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ मंसिर

देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ५६ जना भेन्टिलेटरमा र ३ सय ३३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३६ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ४३ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६८ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियु उपचाररत रहेका छन्।

यसअघि बुधबार ४०८, मंगलबार ४ सय ५०,सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आइसियु ÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।

नेपालमा २ लाख २७ हजार ६ सय ४० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये  २ लाख ९ हजार ४ सय ३५ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *