२४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं , १० मंसिर

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ।

यो सँगै नेपालमा २ लाख ७ हजार ९ सय ९८ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ९२ प्रतिशत रहेको छ।

आज मन्त्रालयका अनुसार ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १६ लाख ९० हजार ५ सय ९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ सय ६९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १६ हजार ६ सय ३९जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *