शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ३ मंसिर

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ। गत २४ घण्टामा ७ सय ८२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ८, ताप्लेजुङमा २, तेह्रथुममा १, मोरङमा १३, संखुवासभामा २ र सुनसरीमा १५ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को पर्सामा १२, बारामा ५, रौतहटमा २, सप्तरीमा ३, सिरहामा ३ र सर्लाहीमा १ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय २ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४, चितवनमा २०, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ९, मकवानपुरमा १०, रामेछापमा २ र ललितपुरमा ७६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५७, तनहुँमा ७, नवलपरासी पूर्वमा ५, पर्वतमा ४, म्याग्दीमा ३, बागलुङमा २ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ८, नवलपरासीमा ८, पाल्पामा १४, प्यूठानमा २, बर्दियामा १५, बाँकेमा ३४ र रुपन्देहीमा ३८ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ४, डोल्पामा ६, दैलेखमा १, सल्यानमा ३ र सुर्खेतमा ९ जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा २०, कैलालीमा ६२, डडेल्धुरामा १९, डोटीमा १, दार्चुलामा २, बझाङमा ६ र बाजुरामा १७ जनामा कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *