काठमाडौं उपत्यकामा ९७३ जना नयाँ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७६४ ललितपुरमा १२६ र भक्तपुरमा ८३ जनालाई  कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९३ हजार ८०९ पुगेको छ। हालसम्म ७२ हजार ५१७ संक्रमित निको भएका छन्।

काठमाडौंमा ७६ हजार ८४, ललितपुरमा १० हजार ८७७ र भक्तपुरमा ६ हजार ८४८ संक्रमित भएका मध्ये काठमाडौंका ५८ हजार ७४६, ललितपुरका ८हजार ४८१   र भक्तपुरका ५ हजार ४८१ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उपत्यकामा काठमाडौंमा १७ हजार ४५, ललितपुरमा २ हजार ५१२ र भक्तपुरमा १ हजार २९२ सक्रिय संक्रमित रहेका छन्।

उपत्यकामा अहिलेसम्म ४४७ जना संक्रमितको मृत्यु भएको छ। जसमा काठमडौंमा २९३, ललितपुरमा ७९ र भक्तपुरका ७५ जना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९१३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४ हजार २४२ पुगेको छ।

२४ घण्टामा २ हजार ३४९  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ।  आज देशभर १५ संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार १८९ पुगेको छ।

आज देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *