काठमाडौं उपत्यकामा १४२० कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ कात्तिक

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २० जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन भेटिएका २ हजार ७ सय ३६ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय २० जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना संक्रमित भेटिएका हुन्। यो सँगै संक्रमितको संख्या काठमाडौंमा ७४ हजार ३ सय ४४ पुगेको छ। जसमध्ये ५७ हजार ३ सय ७८ जना उपचारपछि निको भएका छन्। २ सय ८० जनाको मृत्यु भएको छ। काठमाडौंमा १६ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन्।

भक्तपुरमा संक्रमितको संख्या ८ हजार ८ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार २ सय २४ जना सक्रिय संक्रमित छन्। हालसम्म भक्तपुरमा ७३ जनाको मृत्यु भएको छ भने ५ हजार ३ सय ८७ जना उपचारपछि निको भएका छन्।

ललितपुरमा हालसम्म १० हजार ५ सय ४७ संक्रमित भेटिएका छन्। जसमध्ये ७२ जनाको मृत्यु र ८ हजार १ सय २५ जना उपचारपछि निको भएका छन्। हाल ललितपुरमा २ हजार ३ सय ५० जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *