भक्तपुर बचतमा १० दिने विशेष फोटोग्राफी तालिम सुरु

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २३ भदौ


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा आइतबारदेखि १० दिने विशेष फोटोग्राफी तालिम सुरु भएको छ ।
संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले बेरोजगार युवाहरुलाई लक्षित गरी संस्थाले विभिन्न तालिमहरु दिँदै सिप सिकाउँदै स्वरोजगार बनाएको बताए ।

फोटोग्राफीका धेरैपल्ट तालिम भएर पनि फोटोग्राफीमा नपुग महसुस गरी विशेष फोटोग्राफी तालिम सञ्चालनमा ल्याएको उनको भनाइ छ । उनले क्यामेरा हातमा छ भनेर जथाभावी फोटो खिच्न नहुने बताउँदै सक्षम फोटोग्राफीका लागि विशेष तालिम चाहिने बताए ।

तालिमका प्रशिक्षक शरद राईले आधारभूत फोटोग्राफी तालिम र विशेष फोटोग्राफी तालिमको भिन्नता बताउँदै विशेष तालिमले विशेष खालको महत्व राख्ने बताए । राम्रो र गुणस्तरीय फोटो निकाल्नका लागि यस तालिमको आवश्यकता रहेको बताउँदै उनले मन मष्टिस्कले सोचेको जस्तो फोटो निकाल्नसके मात्र यस तालिमको उपलब्धि हुने बताए ।

सूचना तथा प्रकाशन उपसमितिका संयोजक कृष्णश्वरी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सविना प्रजापतिले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *