शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ कात्तिक

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। गत २४ घण्टामा २ हजार ९०९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ७९, ताप्लेज्ङमा २, तेह्रथुममा ६, धनकुटामा ४, भोजपुरमा ४, मोरङमा १ सय २७, र  सुनसरीमा ९५ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा २९, पर्सामा १४, बारामा ४, महोत्तरीमा १०, रौतहटमा १३, सप्तरीमा ११, सर्लाहीमा ५ र सिरहामा ३१ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३० जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ७०, चितवनमा १२६, दोलखामा १२, धादिङमा १९, नुवाकोटमा १३, भक्तपुरमा १ सय २१, मकवानपुरमा ६३, रामेछापमा २, ललितपुरमा १ सय ८७, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १ सय २९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय २९, गोरखामा १४, तनहुँमा ३७, नवलपरासी पूर्वमा ९१, पर्वतमा ७, म्याग्दीमा २, लमजुङमा ५, बाग्लुङमा १४ र स्याङजामा १६ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १०, गुल्मीमा २०, दाङमा ११४, नलवपरासीमा १२, पाल्पामा १८, प्यूठानमा ५, बर्दियामा २०, बाँकेमा २८ रोल्पामा ४ र रुपन्देहीमा ७० जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोट र डोल्पामा १÷१, दैलेखमा ९, रुकुम पश्चिममा ३  सल्यानमा ३, सुर्खेतमा ५५ जनामा कोरोना पुष्टि भएको छ ।  सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा ४, कैलालीमा ७६, डडेल्धुरामा ७, डोटीमा ४, बझाङामा ३, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *