आज देशभर ३०५१ जनामा कोरोना संक्रमण, १ लाख ८५ हजार नाघे संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० कात्तिक

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४८ हजार ४ सय ८ पुगेको छ।आज देशभर ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०५२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *