न्यूज अपडेट
काठमाडाैं, १९ कात्तिक

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा १ लाख ४४ हजार ८ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ २ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १४ लाख ९४ हजार १ सय २२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ हजार ३ सय ५ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३६ हजार ९ सय ११ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – १५१५२
प्रदेश २– १७३५१
बाग्मती प्रदेशमा –७३४९५
गण्डकी प्रदेशमा –७१२८
लुम्बिनी प्रदेशमा –१७१०३
कर्णाली प्रदेशमा –५४०४
सुदूरपश्चिम प्रदेशमा ९३४५