तीन दिने पापड बनाउने तालिम सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ पुस


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को व्यवसाय प्रबद्र्धन उपसमितिको आयोजनामा आइतबारदेखि भएको तीन दिने पापड बनाउने तालिम मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले बचत तथा ऋणको कारोबारका साथै सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको बताए । उनले लगनशील र पारदर्शी तरिकाले गरेका कार्यहरु सधै सफल हुने र समाजमा समेत आफ्नो पहिचान बनाउन सफल हुने स्पष्ट पारे । साथै संस्थाबाट लिएको तालिमबाट बजारसँग मेल हुने गरी उत्पादनमा आफ्नो मौलिकता दिन सकियो भने व्यावसायिक रुप दिन सजिलो हुने उनको तर्क छ । उनले संस्थाबाट तालिम लिएका सदस्यहरुले व्यवसाय सञ्चालन गर्न विनाधितो सहुलियत दरमा अधिकतम पाँच लाख रुपैयाँसम्म व्यवस्था भएकाले यसलाई सही सदुपयोग गरी उद्यमी बन्न आग्रह गरे ।


उपसमितिका संयोजक तारादेवी धन्छाले काम ठूलो सानो भन्ने नहुने र इच्छशक्ति भएमा ठूलो काम गर्न पनि सकिने बताए । उनले तालिमबाट सिकेका सिपलाई व्यावसायिकता दिएपछि मात्र तालिमको सार्थकता रहने बताए । प्रशिक्षक उदया शर्माले पापड बनाउन आवश्यक सामग्री स्थानीय बजारमा सजिलै उपलब्ध हुने भएकाले तालिम लिएका सबै प्रशिक्षार्थीहरुले यसको व्यवसाय सञ्चलन गर्न सकिने बताए ।


कार्यक्रममा आयोजक समितिका सदस्य शम्शेर प्रजापतिले तालिमको औचित्यताबारे प्रष्ट्याएको थियो । संस्थाका सहायक व्यवस्थापक दयालक्ष्मी धन्छा, प्रशिक्षार्थीहरु सत्यनारायण प्रजापति, दुर्गादेवी प्रजापतिले बोलेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजपतिले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *