न्यूज अपडेट
काठमाडाैं, १६ कात्तिक

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
आइतबार ३७ हजार ७ सय ६५ जना सक्रिय संक्रमितमध्ये ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ८ सय ३४ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ६ हजार ३ सय २२, प्रदेश २ मा १ हजार ७०, लुम्बिनी प्रदेशमा ३ हजार ६६, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १३५९ र कर्णाली प्रदेशमा ४७० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।