काठमाडौं, १८ भाद्र
एजेन्सी । भारतमा सोमबारदेखि फेरी पेट्रोलियम पदार्थको भाउ बढेको छ । मुम्बइमा पेट्रोलको भाउ बढेर खुद्रामूल्य प्रतिलिटर ८६ रुपैयाँ ५६ पैसा पुगेको छ । आइतबारको तुलनामा सोमबार ३१ पैसा बढेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
राजधानी नयाँदिल्लीमा बढेर ७९ रुपैयाँ १५ पैसा, कोलकतामा ८२ रुपैयाँ ६० पैसा र चेन्नाइमा ८२ रुपैयाँ २६ पैसा पुगेको इण्डियन आयल कर्पोरेशन लिमिटेडले जनाएको छ ।
डिजेलको मूल्य मुम्बइमा ४२ पैसा बढेर ७५ रुपैयाँ ५४ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर ७७.४३ डलर पुगेको छ ।
इण्डियन आयलबाट पेट्रोलियम पदार्थ खरिद गर्ने हुँदा त्यहाँ मूल्य बढेपछि यसको असर नेपालमा पर्छ । नेपालमा पनि पेट्रोलियमको भाउ बढ्ने संभावना बढेर गएको छ ।