कोरोना संक्रमित व्यक्ति आइसोलेसनमा नबसे ६ महिना जेल सजाय : स्वास्थ्य मन्त्रालय

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ असाेज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसे संक्रमण ऐन अनुसार कारबाही गर्ने जनाएको छ।

मन्त्रालयले यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिँदे पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई मापदण्ड अनुसार आइसोलेसनमा बस्न अनुरोध गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही व्यक्तिहरु कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न  गृह मन्त्रालयलाई पत्राचार गरिसकेको बताए।

उनले भने, ‘यदि आइसोलेनमा नबसेको पाइएमा संक्रमण ऐन अनुसार ६ महिना जेल सजाय हुने व्यवस्था छ। त्यस्ता व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सूचना गरिसकेका छौँ।’
उनले पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसेको घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्नुहुन अनुरोध गरेका छन्।

मन्त्रालयले कोरोना संक्रमणको शंका लागेर पिसिआर परीक्षण गर्न दिएका सबै व्यक्ति रिपोर्ट नआएमा घरमा क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ।

‘पिसिआर परीक्षणका लागि नमुना दिएर आफ्नो काममा लाग्ने, कार्यालयको काममा बाहिर जाने गरेको पाइएकोले सबैलाई रिपोर्ट नआएसम्म घरमा क्वारेन्टाइनमामा बस्नुपर्छ। किनभने, यदि रिपोर्ट पोजिटिभ आएमा बीचमा अन्यलाई सर्न सक्छ र नेगेटिभ आए अन्य सावधान अपनाउनुपर्छ,’ प्रवक्ता गौतमले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *