सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ असाेज

नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ४ सय ४० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा १, उदयपुरमा ५, ओखलढुंगामा ३, खोटाङमा ३, झापामा ८, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५५,  संखुवासभामा १ र सुनसरीमा १ सय २२ जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा १, पर्सामा ८, बारामा ८, महोत्तरीमा २, रौतहटमा ८४, सप्तरीमा ५, सर्लाहीमा ९ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ७८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा ५२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा ३६, चितवनमा १ सय ३, दोलखामा १, धादिङमा १२, नुवाकोटमा १०, भक्तपुरमा १ सय ३, मकवानपुरमा १५, रामेछापमा १२, ललितपुरमा २ सय ५०, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६, गोरखामा १७, तनहुँमा १०, नवलपरासी पूर्वमा ६६, पर्वतमा ३, लमजुङमा २, बाग्लुङमा १८ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा १३, कपिलवस्तुमा ८, गुल्मीमा १७, दाङमा ६, नलवपरासीमा ५, पाल्पामा ६, प्युठानमा ५, बर्दियामा ८, बाँकेमा २२ र रुपन्देहीमा ५८ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ३, रुकुम पश्चिममा १, सल्यानमा १, सुर्खेतमा ३० जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, बझाङमा १, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ३ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *