प्रदेश ५ को संसद बैठकमा कांग्रेस सांसदहरुले गरे तोडफोड

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १९ असाेज

प्रदेश ५ को संसद बैठकमा कांग्रेस सांसदहरुले गरे तोडफोड

प्रदेश ५ को राजधानी र प्रदेश नामाकरणका विषयमा छलफल गर्न बसेको प्रदेशसभामा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले तोडफोड गरेका छन् । कांग्रेसले केही समयका लागि स्थगित गर्न गरेको प्रस्ताव विपरित वैठक सुचारु भएपछि तोडफोडमा उत्रिएका हुन् । कांग्रेस सांसदहरुको विरोधका बीच प्रदेशसभा बैठकलाई भने निरन्तरता दिइएको छ ।

विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूचीमा छलफल भइरहेको छ ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए । सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् ।

सोमवार भएको सभा शुरु हुनु अगाडि सर्वदलीय बैठक बसेको थियो। बैठकमा नेपाली कांग्रेसले प्रस्ताब केही दिन रोकेर सहमतिमा अगाडि बढ्न अनुरोध गरेको थियो।

आफूहरुको प्रस्तावका विपरीत संसदमा छलफल शुरु भएपछि कांग्रेसका सांसदहरुले विरोध गरेका हुन् । केहीबेरअघि संसद भवन परिसरमै बसेको कांग्रेस दलको बैठकले आजको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमवारको बैठकमा अवरोध गरिएको कांग्रेस सांसदहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *