देशभर कति छन् आइसोलेसन र क्वारेन्टाइन? कुन प्रदेशमा कति? कहाँ कति भर्ना?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

 सरकारले सातै प्रदेशमा ३६ हजार ४ सय ६१ शय्या (बेड) क्षमताको क्वारेन्टाइन तयार पारेको छ।  देशभर तीन हजार दुई सय एक आइसोलेसन बेड समेत तयारी अवस्था राखेको छ।

कोरोना भाइरस संक्रमण रोकथाप र उपचारका लागि हरेक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन बेड तयारी अवस्था राखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबार देशभरका क्वारेन्टाइनमा ८ हजार ५ सय ८० जना मानिसहरु रहेको जानकारी दिए।

उपत्यका बाहिर १२२ र उपत्यका भित्र १२ जना गारी देशभर एक सय ३४ जना मानिसहरु आइसोलेसनमा उपचार गराइरहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए।

सरकारले बाहिरी देशबाट आएका मानिसहरुलाई देशभरका क्वारेन्टाइनमा राखेको छ।  उनीहरु सबैको कोरोना भाइरस संक्रमण भए नभएको जाँच गरेर मात्र पठाउने बताइएको छ।

सरकारले पहिलो चरणमा काठमाडौं बाहिर कोरोनाका बिरामी देखिएका बागलुङ धनगढीमा र्‍यापिड टेष्ट गर्ने प्रक्रिया अघि बढाएको छ।

त्यसैगरि आइसोलेनमा शकास्पद बिरामी र तिनको उपचारमा खटिएका स्वास्थ्यमर्मीलाई राखिएको बताइएको छ। उनीहरुको पनि नमुना परीक्षण गरिने प्रवक्ता देवकोटाले जानकारी दिए।

हालसम्म नेपालमा काठमाडौंमा ३, बागलुङ २ र धनगढीमा ४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा संक्रमण देखिएका  १ जना निको भइसकेका छन् भने अन्य ८ जनाको उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य सामान्य रहेको बताए।

हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ९ सय ६५ जनाको नमुना परीक्षण भएको छ।

सरकारले टेकुबाहेक धरान, पोखरा, हेटौडा, चितवन, बुटबल, धनगढी र सुर्खेतमा पनि परीक्षण गर्ने व्यवस्था गरेको जनाएको छ। उपत्यकाबाहिर बुधबार साँझसम्म ४ सय १ जनाको नमुना परीक्षण भएको छ। उपत्यकाबाहिर र उपत्यकासहित देशभरमा बुधबार साँझसम्म २ हजार ३ सय ६६ जनाको कोरोना परीक्षण भएको छ।

प्रदेशअनुसार क्वारेन्टाइन र आइसोलन बेडको संख्या
प्रदेश १ मा ३ हजार ८ सय ८० क्वारेन्टाइन र ४ सय ३२ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ। प्रदेश २ मा ३ हजार २ सय २७ क्वारेन्टाइन र २ सय ९४ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ।

बागमती प्रदेशले ४ हजार ३ सय ३३ क्वारेन्टाइन र ९ सय ५८ आइसोलेसन बेड र गण्डकी प्रदेशले ४ हजार ७ सय १५ क्वारेन्टाइन र २ सय ६५ आइसोलेन बेड तयारी अवस्थामा राखेको जनाएको छ।

त्यसैगरी प्रदेश ५ ले ५ हजार १ सय १६ क्वारेन्टाइन बेड र ५ सय १२ आइसोलेसन बेड, कर्णाली प्रदेशले  २ हजार ७ सय ८८ क्वारेन्टाइन बेड र ४ सय ६६ आइसोलेन बेड तयार गरेको बताइएको छ।

सुदुरपश्चिम प्रदेशले १२ हजार ४ सय १२ क्वारेन्टाइन र २ सय ७४ आइसोलेसन बेड तयारी अवस्था राखेको जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार माथि उल्लेख गरिएको क्वारेन्टाइन र आइसोलेसनको संख्यामा काठमाडौं उपत्यकाका अस्पतालको रिर्पोट समावेश गरिएको छैन।

काठमाडौं सरकारले खरिपाटी र नगरकोटमा गरी २५० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको छ। टेकु अस्पताल १००, आर्मी अस्पतालमा १००, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २५०, पाटन अस्पतालमा ६ शैययाको आइसोलेसन बेड तयारी अवस्था छ। सरकारले काठमाडौं एक हजार बेडको आइसोलेसन तयारी अवस्थामा राख्ने घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *