तीन पुस्ताका बनेपालीहरुको व्रिलियन्त फोटो प्रदर्शनी भक्तपुर दरबारक्षेत्रमा

कला/साहित्य फाेटाे ग्यालरी विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १८ फागुन

भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भक्तपुर दरबार क्षेत्रमा बनेपालीहरुको तीन पुस्ताको ब्रिलियन्त फोटो प्रदर्शनी शुक्रबार शुरु भएको छ ।
भक्तपुरका सम्भवतः पहिलो फोटोग्राफर स्व. बद्री प्रसाद बनेपाली उनका छोरा केदार प्रसाद बनेपाली र नाति किसन र नातिनी सुनी बनेपालीबाट विगतमा खिचेका पुरातात्विक एवं ऐतिहासिक महत्वका फोटोहरु प्रदर्शनीमा राखिएको छ ।

फोटो प्रदर्शनीका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले उद्घाटन गर्दै स्व. बद्री प्रसाद बनेपालीबाट अहिलेको पुस्तासम्म फोटोग्राफीको पुस्तान्तरण हुँदा इतिहासदखि वर्तमान अवस्थासम्मका कुरा बुझ्न पाउने बताए । उनले पुस्तान्तरणले इतिहास, जीवनपद्धतीबारे सिकाउन सकिने र नयाँ पुस्तामा नयाँ खालको क्षमताको विकास हुने बताए । सरकारले क्षमता अभिवृद्धिका कुरामा ध्यान नदिँदा नयाँ पुस्ताले नयाँ कुरा सिक्न नसकेको बताउँदै उनले पुराना कुराबाट वर्तमानको अभ्यास हुने स्पष्ट पारे ।


फोटोग्राफर केदार बनेपालीले आफ्नो ६८औं जन्म उत्सवको अवसर पारी आफ्ना परिवारको तीनपुस्ताका ६८ वटा फोटो प्रदर्शनीमा राखिएको बताए । उनले आपूmसँग रहेका विगतका इतिहास बोकेका दुईबोरा नेगेटिभ लगेर क्यानाडामा समेत फोटो प्रदर्शनी गरिसकेको तर के कस्ता नेगेटिभ लिएर गएको भन्ने एकिन नभएको बताए । यो प्रदर्शनीले भक्तपुरका सांस्कृतिक वैभव तथा आर्थिक एवं सामाजिक जीवनपद्धतिको बारेमा समेत जानकारी दिने भएकाले यसको महत्व रहेको उनको कथन छ ।
शुक्रबार र शनिवार दुई दिन प्रदर्शनी हुने उक्त कार्यक्रममा आयोजक समितिका अध्यक्ष दिपेशराज शर्माले पनि बोलेको थियो । कार्यक्रममा प्रमुख अतिथिबाट फोटो एल्बमको विमोचन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *