भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा इन्जिन परीक्षण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

विराटनगर,  १८ कात्तिक

भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा आइतबार इन्जिन परीक्षण गरिएको छ ।

बथनाहाबाट छुटेको रेलको इन्जिन आइतबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिकाको बुधनगरस्थित यार्डसम्म आएको हो । रेलको इन्जिन हेर्न नेपालतर्फ सयौं मानिसहरु भेला भएका थिए ।

रेलको इन्जिन केही बेर राखेर फेरि भारततर्फ नै लगिएको छ । निर्माण कम्पनीका निर्देशक अश्विनीकुमारले अबको ४५ दिनभित्र बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने बताए ।

बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *