भक्तपुरको हनुमन्ते खोला डुबानमा

विशेष समाचार समाचार स्वास्थ्य

अनुुषा भैनात्व
भक्तपुर, २९ असार


अविरल वर्षाका कारण भक्तपुरको जनजीवन अस्तव्यस्त भएकाे छ । हनुमन्ते खोलामा पानीको सतह बढेको छ वर्षा हुने क्रम नरोकिएकाले बस्तीमा बाढी पस्ने जोखिम बढेको छ । वर्षा हुने क्रम नरोेकिएकाले बस्तीमा बाढी पस्ने जोखिम बढेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । भक्तपुर प्रहरी हनुमन्ते खोलामा आएको बाढीले डुबानमा पर्नसक्ने सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।
हनुमन्ते खोला दायाँबायाँका घाटहरु डुबानमा परेका छन् । बाढीले हनुमानघाट, चुर्पीघाट, राममन्दिर, मंगलतीर्थ घाट डुबाएका छन् । मंगलतीर्थ घाटस्थित बाराहीस्थान जाने बाटो अवरुद्घ छ ।
हनुमन्ते खोलामा आएको बाढीले मध्यपुर थिमि नगरपलिकाको नयाँ ठिमी र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने पुल जोखिममा परेको छ । बाढीले पुलबाहिर कटान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *