लर्निङ बाई प्ले

समाचार

सुलोचना प्रजापती
भक्तपुर,२५ असार

भक्तपुर शहिद स्मृतिस्थित प्र्रत्युसा किड्स जोनमा छिर्ने बितिक्कै अचम्मको दृश्य देखिन्छ । त्यहाँ रहेका बालबालिकाको हातमा किताबकापी होइन खेलकुदका सामग्री भेटिन्छ । बालबालिकाहरु खेल्दै केही कुरा सिकिरहेका हुन्छन ।
अलि भित्र छिरेपछि प्रधानाध्यापक अनिता खागी देखापरिन् र भनिन् , “लर्निङ बाई प्ले अध्ययन विधि हो ।” किड्स जोनको स्थापना कालदेखि नै विद्यार्थीहरुलाई लर्निङ बाई प्ले मेथडद्धारा पढाइने गरिएको छ । प्रअ खागीले जानकारी दिनुभयो । यस मेथडमा जुन बिषयवस्तुमा पढाउन लागेको हो । सोही वस्तुहरुलाई वास्तविक रुपमा देखाउने गरिन्छ । जस्तै,फलफुलको बारेमा पढाइ हुदैछ भने फलफुल ल्याएर देखाउने गरिन्छ । यसरी पढाउँदा बालबालिकाले पछि सम्म याद रहिरहन्छ । स्मरणशत्ति विकासका लागि विभिन्न मेमोरी गेमहरु खेलाइन्छ उहाँ भन्नुहन्छ, “यस विधिले विद्यार्थीहरु पढाइलाई झर्को नमानी सजिलो तरिकाले सिक्न सकिन्छ । यसरी विद्यार्थीहरुलाई सहज तरिकाले सिकाउने हुनाले अभिभावक रुपिका कर्माचार्य बताउँछन् “बालबालिकाहरुलाई बिना कुनै दबाब पारिवारिक वातावारणमा पढाउने हुनाले यस विधि मन परेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *