समाचार
सरिता गिरी
भक्तपुर, २५ असार
चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलका दुई सडक शिलान्यास गरिएको छ । उक्त सडक खण्डको शिलान्यास प्रतिनिधिसभा सदस्य महेश बस्नेतले गरे । सडकको शिलान्यास गर्दै सांसद बस्नेतले भक्तपुरको विकास तीव्रगतिमा भइरहेको बताउदै उनले भक्तपुरलाई विकासमा नमूनाको जिल्ला बनाइने बताए । उनले आगामी दिनमा भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने दिन बनाएरै छोड्ने दावी गरे । उनले  झौखेलको समग्र विकासका लागि सडक निर्माणको कार्य महत्वपूर्ण भएको बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाको प्रमुख सोमप्रसाद मिश्रले विकास र समृद्धि अहिलेको मानव जीवनको अपरिहार्यता रहेको बताउँदै आगामी दिनमा चाँगुनारायण नगरपालिकाका कोही पनि जनता विकासबाट टाढा हुनुनपर्ने तथा हुन नसक्ने बताए ।
शिलान्यास गरिएका दुईवटा सडक मध्ये एक डिभिजन कार्यालयबाट विनियोजित रु ६ करोडको लागतमा गेलाल गाउँ ज्योतिलिङ्गेश्वर र अर्को प्रदेश सरकार र नगरपालिकाबाट विनियोजित रु ४ करोड ७७ लाखको लागतमा जागृती चोकदेखि गेलाल गाँउसम्मको सडक स्तरोन्नति र कालोपत्र गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *