रसियन कल्चर सेन्टरका प्रतिनिधिमण्डल भक्तपुरमा

पर्यटन समाचार

भक्तपुर, ३ मंसीर


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मित्रराष्ट्र रसियाको डर्बेन्ट शहर र रसियन कल्चर सेन्टरका प्रतिनिधिमण्डलले भेट गर्यो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगर आठौं शताब्दीमा स्थापित ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको नाचगानको राजधानी र सम्पदाको नगरको रुपमा परिचित भएको जानकारी गराउँदै १२–१५ औं शताब्दीसम्म नेपाल मण्डको राजधानीको रुपमा रही १८ औं शताब्दीमा छुट्टै राज्यको रुपमा रहेको जानकारी गराए ।
भक्तपुरको मुख्य स्थानहरुबारे जानकारी दिदै उनले भक्तपुरलाई जीवित संग्रहालयको रुपमा चिनिने गरेको बताए । वास्तुकला, काष्ठकला, हस्तकलालगायतमा धनी भक्तपुर सन् १७७९ मा विश्व सम्पदा सूचीमा सूचिकृत भएको बताए ।
प्रमुख प्रजापतिले ९० प्रतिशत नेवार समुदायको बसोबास रहेको भक्तपुरमा हिन्दु, बौद्ध, मुस्लिम लगायतका धर्माबलम्बीहरुको बसोबास रहेको र यहाँ नेपालकै अग्लो छाने शैलीको पाँचतल्ले मन्दिर रहेको अवगत गराए ।


भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिरहेको गतिविधिहरुबारे जानकारी गराउदै नगरपालिकाले इन्जिनियरि· कलेजसहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताए ।
भेटमा डर्बेन्ट शहरका प्रतिनिधि मण्डलले डर्बेन्ट शहर भक्तपुर जस्तै ऐतिहासिक र पुरातात्विक शहर रहेको जानकारी गराउँदै भक्तपुर र डर्बेन्ट शहर बीच भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको जानकारी गराए ।
भेटमा प्रमुख प्रजापतिले प्रतिनिधि मण्डललाई मयुर झ्याल उपहार प्रदान गरेको थियो ।
भेट पश्चात प्रतिनिधि मण्डलले भक्तपुरका विभिन्न ऐतिहासिक र पुरातात्विक सम्पदा स्थलहरुको अवलोकन गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *