पर्यटन विकास भौतिक पूर्वाधारदेखि दक्ष जनशक्ति उत्पादनसम्म

अर्थ/वाणिज्य पर्यटन समाचार

सुर्खेत, ६ जेठ


कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास गुरुयोजना बनाएर अघि बढ्ने भएको छ । प्रदेशका पर्यटकीय स्थल नै आर्थिक समृद्धिको आधार भएकाले पर्यटन पूर्वाधार निर्माणलाई गुरुयोजना बनाएर प्राथमिकता दिइने भएको हो । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले निजी कम्पनीहरुसँग मिलेर मन्त्रालयले ¥याफ्टिङ, प्याराग्लाईडिङ्ग खेलको विकास तथा विस्तार जुट्ने कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । ‘भेरीमा ¥याफ्टिङ शुरु भए यता उल्लेख्य मात्रामा बाह्य पर्यटक सुर्खेतमा भित्रिएका छन,’ मन्त्री बुढाले भने, ‘यसलाई अझै प्रचार–प्रसारमा ल्याउन निजी क्षेत्रसँग मिलेर मन्त्रालय योजनाबद्ध ढंगले अघि बढ्छ ।’ उनले साहसिक पर्यटन मार्फत आन्तरिक तथा बाह्य पर्यटकमा आकर्षण बढाई विकास तथा व्यापारको प्रवद्र्धन गरिने जनाए । उनका अनुसार मन्त्रालयको आउँदो वर्षदेखि ¥याफ्टिङ प्याराग्लाईडिङ्ग जस्ता साहासिक खेलका लागि युवालाई प्रशिक्षण दिएर व्यवसायिक बनाउने योजना रहेको छ । ‘कर्णाली प्रदेशका नदीहरुमा ¥याफ्टिङ्गको बलियो सम्भावना हुँदाहुँदै व्यवसायिक हिसाबले ¥याफ्टिङ्ग सञ्चालनमा रहेका कठिनाईलाई अब प्रदेश सरकारले सम्बोधन गर्छ,’ उनले भने, ‘¥याफ्टिङ्ग व्यवसायिहरुले भोक्दै आएका समस्याप्रति आफु गम्भीर रहेकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा मन्त्रालयले दक्ष जनशक्ति तयार गर्नका लागि विशेष प्याकेज ल्याउनेछ ।’ उनले पर्यटनमा पनि सरकारले साहसिक पर्यटन प्रबद्र्धनका कामलाई विशेष प्राथमिकतामा राखेको जनाए ।


पर्यटन बोर्ड गठन गरिने
कर्णालीमा पर्यटन बोर्ड गठन गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बोर्ड गठनका लागि आवश्यक कानुन निर्माणको अन्तिम चरणमा रहेको जनाएको छ । पर्यटन बोर्ड गठन सम्बन्धी आवश्यक कानुन आगामी मन्त्रीपरिषद्को बैठकमा पेश गर्ने तयारी मन्त्रालयको छ । मन्त्री बुढाले प्रदेशको पर्यटन विकास, सम्भावना र चुनौती एवं प्रर्वद्धनका लागि मन्त्रालय मातहतमा बोर्डको परिकल्पना गरिएको बताए । सिंगो पर्यटकीय क्षेत्रको आवश्यक व्यवस्थापनका लागि बोर्ड नै गठन गरी अगाडी बढ्ने उनले बताए । ‘यतिबेला पर्यटन प्रवर्द्धनका लागि प्रयाप्त काम हुन सकेका छैनन’, उनले भने, ‘अब अधिकार सम्पन्न बोर्ड नै गठन गरी कर्णालीका पर्यटकीय क्षेत्रको विकास गरिन्छ ।’ बोर्डले प्रदेश भरीकै पर्यटकीय क्षेत्रको गुरुयोजनासमेत निर्माण गर्नेछ ।
‘कनेक्टीभिटी’ लाई प्राथमिकता
प्रदेश सरकारले पर्यटक आकर्षणका लागि ‘कनेक्टीभिटी’ लाई प्राथमिकता दिने भएको छ । २०७५ लाई पर्यटकीय वर्ष मनाएको कर्णाली प्रदेश सरकारले गत वर्षको समीक्षा गर्दै प्राकृतिक सम्पदाहरुबाट अधिकतम फाइदाका लागि कनेक्टीभिटी तथा वन पैदावार जन्य उद्योगको विकास र विस्तारमा जोड दिई पर्यटन प्रवर्द्धनात्मक तथा पूर्वाधार विकासका कार्यक्रमको आवश्यकता औल्याइएको हो । २०७६ सालमा प्रदेशले सुर्खेत विमानस्थलको स्तरोन्नतीदेखि विभिन्न करिडोरहरु निर्माण गर्ने योजना बनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सुलभ, सुरक्षित, भरपर्दाे र नियमित हवाई तथा स्थल यातायातको विकास, विस्तार र प्रवद्र्धन गरी प्रदेशका मनोरम सम्पदाहरु तथा पर्यटकीय स्थलहरुसम्म पहुँच वृद्धि गर्ने योजना निर्माण गर्नेछ । ‘रारा, मानसरोवर कैलाश पर्वत जाने पर्यटकहरुलाई मध्यनजर गर्दै रारा तथा डोल्पा करिडोर निर्माण, भेरी करिडोर, कर्णाली करिडोरलगायतका करिडोरसहित पर्यटन पदमार्ग निर्माण हुनु पर्ने आवश्यकता देखिन्छ’, मन्त्री बुढाले भने, ‘भौगोलिक तथा आर्थिक रुपमा विकट र विपन्न प्रदेशमा पूर्वाधार निर्माण विना आर्थिक समृद्धि र विकास सम्भव छैन ।’ पर्यटकीय स्थलमा सुविधा सम्पन्न होटेलहरुको अभाव रहेको भन्दै सरकारले पर्यटक लक्षित गरी होमस्टे तथा सार्वजनिक आवास गृहहरु निर्माण गर्न नसकिएको उनले बताए । यो वर्षमा पर्यटन सूचना केन्द्र स्थापना गरिने छ । प्रदेश सरकारको एकल प्रयासले मात्रै कर्णालीमा पर्यटकहरु भित्र्याउन नसकिने भन्दै उनले सरोकारवाला निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरे ।
एक सय एक पर्यटकीय स्थल पहिचान हुँदै
प्रदेश सरकारले कर्णालीका पर्यटकीय स्थलहरुको वर्गीकरण गर्ने भएको छ । पर्यटकहरुका लागि आकर्षकको केन्द्रका रुपमा कर्णालीका पर्यटकीय स्थल निर्माण गर्न पहिलो पटक वर्गीकरण गर्न लागिएको हो । सल्यानमा कुभिण्डे दह, छत्रेश्वरी, खैरावाङ भगवती पर्यटकीय स्थल छन् । डोल्पामा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज स्थापित पर्यटकीय क्षेत्र हो भने मन्त्रालयले त्रिपुरासुन्दरी, शे गुम्बा, धो उपत्यका, दूध कुण्ड, कान्जिरोवालाई प्रचार गर्नुपर्ने गन्तव्यमा राखेको छ । जुम्लाको सिंजा सभ्यता, डुडुल चैत्य, चन्दननाथ, ठाकुर ज्यु, हुम्लाको लिमी उपत्यका पर्यटकीय स्थललाई मन्त्रालयले पर्यटकीय क्षेत्रका रुपमा समेटेको छ । यस्तै मुगु रारा ताल स्थापित तथा प्रवर्द्धन गर्नुपर्ने गन्तव्यहरु मन्त्रालयले राखेको छ भने छाँयानाथलाई प्रचार गर्नुपर्ने गन्तव्यमा समेटिएको छ । कालिकोट पचाल झरना, बडीमालिका, दैलेख पञ्चकोशी धार्मिक पर्यटन विकाश, कोतगढी, पञ्चदेवल, बेलासपुर, महावु तथा सुर्खेतको काँक्रेविहार, देउती बज्यै, जाजुरादह पञ्चपुरी नगरपालिका–८ र ९, (गुप्ति ताल, मादले गुफा, शिव गुफा लगायत) गिद्देडाँडा पर्यटकीय क्षेत्र, बराहताललाई प्रमुख पर्यटकीय स्थलमा अभिलेख राखिएको छ । रुकुम पश्चिम मदन आश्रित पार्क, बोतामकोट चित्रिपाटन साहसिक पदमार्ग, सेफ्रु ताल, सिस्ने हिमाल र जाजरकोटको खलंगा दरवार क्षेत्रलाई पनि पर्यटक आकर्षणको केन्द्रविन्दु मानिएको छ । मन्त्रालयले पर्यटक आगमनको अवस्था, भौतिक संरचना निर्माण, पूर्वाधार निर्माण लगायतका अवस्थाको अध्ययन गरी एक सय एक पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचार–प्रसार गरिने सचिव धिरेन्द्रकुमार प्रधानले बताए । उनले पर्यटकहरु भित्रिएमा राजश्वबाट कर्णालीको समृद्धिमा टेवा पुग्ने आधार भएकाले मन्त्रालयले पर्यटकीय क्षेत्रको स्तरोन्नती र विकासका लागि योजना अघि बढाएको बताए । जसका लागि मन्त्रालयले केही दिनमा १ सय १ पर्यटकीय स्थलको पहिचान टुङ्गो लगाईने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *